१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ पौष २९ मंगलबार १५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अदालत जाने प्रसाईको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ पौष २९ मंगलबार १५:५२:००

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गरीलाई २० करोड घुस मागेको आरोप लगाएका बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले अदालत जाने चेतावनी दिएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईले न्यायका लागि सर्वाेच्चमा जाने बताएका हुन् । 

उनले भने, ‘नेपाल सरकार र चिकित्सा शिक्षा आयोगको विश्वास नभएको कारण अदालत जान लागेको हुँ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरण विभागमा गिरी विरुद्ध उजरी दर्ता गराइसकेको उनले बताए । 

२० कराेड घुस माग गरेको आरोप लगाएपछि उपाध्यक्ष डा. गिरीले पत्रकार सम्मेलन मार्फत त्यसको खण्डन गर्दै घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिँदै आफ्नो चरित्र हत्या गर्न खोजिएकोमा कानूनी उपचारमा जाने बताएका थिए ।