१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २८ सोमबार १७:४६:००
Read Time : < 1 मिनेट
साहित्य

पत्रकार डिबी खड्काको ‘नियत’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २८ सोमबार १७:४६:००

पत्रकार एवं लेखक डिबी खड्काद्वारा लिखिल पुस्तक ‘नियत’ विमोचन भएको छ । यस पुस्तकमा मनोरञ्जन उद्योगका केही मान्छेका ‘फोहोरी नियत’ को शिकार बनेका महिला पात्रहरुको कथा समेटिएको छ । 

उत्त कार्यक्रममा लेखक खड्काले भने ‘मनोरञ्जन उद्योगमा धेरै सुनौंला पाटाहरु पनि छन् । तर, यो पुस्तकमा समेटिएका कथामा यो क्षेत्रका अध्यारा पाटाहरु छन्, जसबाट महिला साथीहरुले भोग्नु परेको शोषण, दमन पर्दाफास गर्न खोजिएको छ । त्यसैले यो पुस्तकले हरेक रङ्गकर्मी महिलाको कथा भन्छ ।’

पुस्तकको विमोचन कार्यक्रममा रङ्गीन दुनियाँका रङ्गहिन दृष्टान्तमाथि अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा अभिनेतृ रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले आफ्ना विचार व्यक्त गरेका थिए । 

अभिनेतृ रेखा थापाले महिलामात्र पीडित नभएर पुरुषपनि पीडित भएको बताइन् । उनले लेखकलाई छिट्टै रंगमञ्चका पीडित पुरुष साथीहरुको अर्को कथा पढ्न पाउने आशा व्यक्त गरिन् ।

१८० पुष्ठ लामो पुस्तकको प्रकाशन तथा वितरणको जिम्मा युरेका पब्लिकेशनले लिएको छ ।