१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २८ सोमबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

घुस रकमसहित नापी कार्यालय बेलबारीका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ पौष २८ सोमबार १६:३८:००

नापी कार्यालय बेलबारीका अमिनी दिनेशकुमार शाहलाई ७ हजार रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्रमाण पक्राउ गरेको छ ।

सोमबार दिउँसो मोरंगको बेलबारी १० भाउन्नेस्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गर्दैगर्दा उनलाई आयोगकको टोलीले नियन्त्रणमा लिएको हो । 

शाहले नरबहादुर तामाङको हातबाट रकम लिँदै गर्दा नियन्त्रणमा लिएको अख्यिार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।