मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश दवाडी  काठमाडौं 
२०७६ पौष २८ सोमबार १३:१४:००
Read Time : < 1 मिनेट
समाचार

बाबुरामले कमल थापालाई भने, एकल जातिय हठले देश द्वन्द्वमा फस्न सक्छ 

Read Time : < 1 मिनेट
रमेश दवाडी  काठमाडौं 
२०७६ पौष २८ सोमबार १३:१४:००

प्रदेश ३ को नाम र राजधानी कायम गरिएपछि यसको पक्ष र विपक्षमा बहस भएको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम भएकाेमा स्वागत गरेका छन् । 

थापाले प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गरेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी नेता ईन्द्र बानियाँलाई बधाई दिएका छन् । सर्वदलीय सहमतिकै आधारमा अन्य बाँकी प्रदेशको पनि नाम र राजधानी कायम गर्नुपर्ने उनले बताएका छन् । 

अध्यक्ष थापााको भनाइलाई लिएर पूर्वप्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार ट्वीटरमा जवाफ दिँदै नाम र राजधानी सर्वदलीय नभई एकजातिय सहमति भन्नु उपयुक्त हुने बताएका छन् । बाबुरामले लेखेका छन्, ‘पौडेल, बानियाँ, थापाहरूको सहमतिलाई सर्वदलीय हैन एकल जातीय सहमति भन्दा उपयुक्त होला ।’ 

थापा पश्चगामी विचारको क्षणिक जीतमा रमाएको भन्दै बाबुरामले नयाँ संविधानले स्वीकार गरेको बहुजातिय देशलाई एकल जातिय बनाउने हठले देशलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सक्ने पनि बताएका छन् । 

‘नयाँ संविधानले समेत बहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकलजातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्वमा फसाउन सक्छ । फेरि पनि तपाईंको पश्चगामी विचारको क्षणिक जीतमा बधाई छ,’ बाबुरामले लेखेका छन् । बाबुरामको उक्त भनाईलाई थापाले हाँसेर उडाएका छन् । 

नाम र राजधानीका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ पुसको सचिवालयले प्रदेशलाई निर्देशन दिएको थियो । नाम र राजधानी कायम गर्ने संवैधानीक अधिकार प्रदेशलाई भएपनि पार्टीको निर्णय स्वीकार गरेपछि यसको विरोध हुँदै आएको छ ।