मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:२८:००
Read Time : < 1 मिनेट
खेलकुद

सुदूरपश्चिम सेमिफाइनलमा

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:२८:००

सुदूरपश्चिम प्रदेश मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इनरुवा मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको समूह डीमा आइतबार सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि नौ विकेटको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

समूहमा अपराजित रहेको सुदूरपश्चिमले दुई खेलबाट सर्वाधिक चार अंक बटुलेको छ । पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेश सुदूरपश्चिमविरुद्ध ब्याटिङमा चुक्यो । विनोद लामाले सात विकेट लिए पछि गण्डकी २३.३ ओभरमा ६४ रनमै अलआउट भयो ।   

सहज लक्ष्य पछ्याएको सुदूरपश्चिमले १०.२ ओभरमा एक विकेटको नोक्सानीमा ६७ रन जोड्दै सानदरा जित निकाल्यो ।