१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकराज थामी
२०७५ पौष २ सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार

मेलम्ची खानेपानीका ठेकेदार भाग्न खोजेपछि पासपोर्ट जफत

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष २ सोमबार ११:१९:००

प्रहरीले मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीका म्यानेजर क्रिच्यिानो ग्रेसो सहित ८ जनाको पासपोर्ट जफत गरेको छ ।

निर्धारित समयमा काम नसकि भाग्न  लागेको आशंकामा प्रहरीले उनीहरुको पासपोर्ट जफत गरेको हो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुम एसएसपी धिरजजप्रताप सिंहका अनुसार खानेपानी मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशन पछि उनीहरुको पासपोर्ट जफत गरिएको हो । ‘इटालिन ठकेदारको पासपोर्ट जफत गरिएको हो’, उनले भने । 

प्रहरीका अनुसार उनीहरु क्रिसमस मनाउन जाने भन्दै काम छाडेर दुई दिन अघि काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले काठमाडौंका बिभिन्न होटलमा पुगेर पक्राउ गरी पासपोर्ट जफत गरेको हो ।