मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २७ आइतबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वसभामुख महराको मुद्दामा सरकारी साक्षीलाई बकपत्र गराउन अदालतको आदेश

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार १६:३५:००

बलात्कार प्रयासको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सरकारी पक्षका साक्षीको बकपत्र गराउने आदेश दिएको छ ।

पेशी सूचिमा चढेको सो मुद्दामा जिल्ला न्यायाधीश अम्मरराज पौडेलको इजलाशले पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक, मुचुल्कामा सहि गर्ने र विधि विज्ञान प्रयोगशालाका चिकित्सकको बकपत्र गर्न आदेश दिएको हो ।

महरा सो मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा छन् । उनले पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध पाटन उच्च अदालतमा दिएको पुनरावेदन दिएका थिए । उच्च अदालतले थुनामा राख्ने आदेशलाई सदर गर्दै एक महिना भित्र फैसला गर्न आदेश दिएको थियो । 

अदालतमा महराका कानुन व्यावसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता मुरारी सापकोटाले बहस गरेका र वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेलसमेतले बहस गरेका थिए ।  र मुद्दाको पेशी भएकाले महरालाई पनि अदालत लगिएको थियो ।