मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १६:२९:००
Read Time : > 1 मिनेट
अर्थ

शेयर बजारको मनोबल बढ्दो, दोहोरो अंकले उचालियो शेयर परिसुचक नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १६:२९:००

शेयर बजार दाेहाेराे अंकले उकालाे चढेकाे छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बाजरमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको विश्लेषकहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको उनीहरुको भनाई छ । त्यसैको सकारात्मक प्रभाव स्वरुप शेयर परिसूचक नेप्से उकालो चढेको विश्लेषकहरु बताउँछन् ।

बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज हुँदा ब्याजदर घट्ने र निक्षेपमा भन्दा शेयर बजारबाट बढी प्रतिफल लिन सकिने भएकाले शेयर बजारका परिसूचकहरु बढ्न थाल्छन् । आइतबारको बजारमा त्यस्तै अवस्था देखिएको शेयर विश्लेषकहरुको भनाई छ । केही दिन यता बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको र बैंकहरुले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा शेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।

आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ । सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ । १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समुहका सूचकहरु बढेका छन् । 

शेयर विश्लेषक रुक्मागत काफ्ले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताए । त्यस्तै नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गरेपछि बैंकहरुले शेयर धितोमा कर्जा बढाउँदा लगानी बढ्न गई नेप्सेमा सकारात्मक प्रभाव परेको उनले बताए । 

त्यस्तै अर्का शेयर विश्लेषक सन्तोष बजगाईंले बैंकमा तरलता बढ्दै जानु र ब्याजदर कम हुन एउटा कारण भए पनि बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांश तत्काल लगानीकर्ताको खातामा पठाउँदा शेयर बजारमा लगानी बढेको बताउँछन । 

पछिल्लो समय शेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री राष्ट्रिय सभाबाट बाहिरिने निश्चित भएपछि लगानीकर्ताले कारोबार बढाएका थिए । त्यसै बेला शेयर बजारलाई सकारात्मक प्रभाव पर्ने गरी राष्ट्र बैंकको नीतिहरु आउनुले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाई छ ।