मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २७ आइतबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार ११:३७:००

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित भएको छ । आइतबार बिहान प्रदेश राजधानीको लागि प्रदेश सभामा भएको मतदानमा १०५ मतसहित बहुमतले हेटौंडा राजधानी घोषित भएको हो । 

प्रदेश सभामा १०८ सांसदले मतदान गरेका थिए । दुई तिहाईको लागि ७४ मत आवश्यक पर्नेमा हेटौंडाको पक्षमा  १०५ मत खसेको थियो । तीन मत विपक्षमा खसेको थियो। एक सांसद अनुपस्थित थिए । 

यसको साथै प्रदेश ३ को नामाकरण सम्बन्धमा बागमतीको पक्ष र विपक्षमा केही बेरमा मतदान सुरु हुँदैछ ।  प्रदेश ३ मा सभामुखसहित ११० सांसद छन् ।