१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २७ आइतबार ११:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिजीसँग सरकारले प्रतिशोध लियो : कांग्रेस

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार ११:१५:००

प्रतिपक्षी कांग्रेसले पार्टीका सांसद विनोद चौधरीको सिजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । सबै  प्रक्रिया पूरा गरेको र कुनै बक्यौता नरहेको सिजी कम्युनिकेसनलाई सेवा सञ्चालनको अनुमतिपत्र नदिने सरकारको व्यवहार दुःखद रहेको कांग्रेसले जनाएको छ । 

‘सरकारले नै गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेसनले सम्झौता गरेको, सम्पूर्ण प्रक्रिया पूरा गरिएको र कुनै बक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नियतवश गरिएको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ ।’ केही दिनअघि मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको नेपाल स्याटेलाइट, स्मार्ट र वेबसर्फर टेलिकम कम्पनीका लाइसेन्स खारेजीको निर्णय उल्ट्याएको थियो ।