मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भक्तपुर
२०७६ पौष २७ आइतबार ०९:४३:००
Read Time : < 1 मिनेट
समाचार

‘पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ’

Read Time : < 1 मिनेट
भक्तपुर
२०७६ पौष २७ आइतबार ०९:४३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।

थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।’

पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिस्टको विकल्पको रूपमा रहेको थापाले बताए ।