Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार २०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीले सम्हाल्दै आएको मन्त्रालय ढकाल र बाँस्कोटालाई जिम्मेवारी थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार २०:३५:००

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएकी छन् । राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्रीले सम्हाल्दै आएका ती मन्त्रालयको कार्यभार सम्हाल्न जिम्मेवारी दिएकी हुन् ।

ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी शुक्ररबार ती जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।