मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माणको काम सन्तोषजनक छ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार १९:२४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भुमक्पपछिको पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुनर्निर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मको पुनर्निर्माणको प्रगति सन्तोषजनक रहेको बताएका हुन । उनले पुनर्निर्माणको काममा भएको अहिलेसम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडी बढ्नुपर्ने अवस्था रहेको बताए । कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुनर्निर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन समेत दिए । 

बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले निजी आवास पुननिर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातन्विक एवं सांस्कृतिक सम्पादा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनस्र्थापना, पुननिर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गएका थिए ।