मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार

भाडाका सवारी साधनमाथि अनुगमन समितिको छड्के 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २५ शुक्रबार १४:४२:००

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजानिक यातायातमा अनुगमन समितिले छड्के चेकजाँच गरेको छ । 

ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीद्वारा सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्रसमेत प्रदान गरिएको छ ।

सार्वजानिक यातायात सेवालाई सुरक्षित, मर्यादित बनाउनका अनुगमन गरिएको र यस्ता अनुगमले सवारी साधनमाथिको समस्या हल हुने समितिको दाबी छ ।

महाशाखाले यातयात व्यवसायी महासंघ र प्रहरी महाशाखाका प्रमुख ढकालको  प्रतिनिधिहरूको संयुक्त छलफल गरी सार्वजानिक सवारी साधनहरूमाथि अनुगमन गर्ने  विषयमा छलफल भएको थियो । दुबैबीच भएको  छलफललाई कार्यन्वयन गरिएको समितिले जनाएको छ ।

अनुगमनको क्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका  संयोजक प्र.उ. राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, जिल्ला संयोजक अरुण श्रेष्ठ,सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।