१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेमबहादुर चन्द  काठमाडौं 
२०७६ पौष २५ शुक्रबार १४:०२:००
Read Time : > 2 मिनेट
अर्थ

व्यापार घाटा घटाउँदै आएको ‘पाम आयल’ मा भारतले लगायो प्रतिबन्ध ! 

Read Time : > 2 मिनेट
प्रेमबहादुर चन्द  काठमाडौं 
२०७६ पौष २५ शुक्रबार १४:०२:००

पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटाको मार्जिन घटाउँदै आएको पाम आयलको निर्यातलाई भारतले प्रतिबन्ध लगाएको छ ।  

गत बुधबार भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै पाम आयलको आयातमा प्रतिबन्ध लगाएको हो । भारतले पाम आयलको आयातमा कडाई गरेसँगै नेपालको निर्यात व्यापारमा धक्का लाग्ने निश्चित देखिएको छ । 

धेरै वर्षपछि नेपालको बढ्दो वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । सरकारका विभिन्न निकायहरुले जारी गर्ने आर्थिक वर्षको पहिलो चौमासिकको वित्तीय विवरणअनुसार सधैंका वर्ष वैदेशिक व्यापार घाटा निश्चित प्रतिशतले बढेकै देखिन्थ्यो ।

तर, यस वर्ष भने त्यसको अवस्था सुःखद देखिएको छ । आर्थिक वर्षको सुरुदेखि नै नेपालको वैदेशिक व्यापार घाटामा कमी आएको सरकारी तथ्याङ्कले देखाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकले गत बिहीबार (२ पुस) सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक तथ्याङ्कअनुसार मुलुकको वैदेशिक व्यापार घाटा चार खर्ब १४ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ९ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्ष २०७५/०७६मा नेपालको कुल वैदेशिक व्यापार घाटा राष्ट्रिय बजेट भन्दा बढी भयो । कुल राष्ट्रिय बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रहेकामा नेपालको व्यापार घाटा भने आर्थिक वर्षभरि १३ खर्ब २१ अर्ब रुपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापार घाटा बढी हुनुमा आयात र निर्यातको सन्तुलन नमिल्नु नै थियो । अत्यधिक आयात र न्यून निर्यातकै कारण नेपालको वैदेशिक व्यापार घाटा चुलिने गरेको छ । आयात र निर्यातको अनुपात एकदमै असन्तुलनमा थियो । ९३ रुपैयाँ बराबरको वस्तु नेपालले आयात गर्दा ७ रुपैयाँ बराबरको निर्यात गरिरहेको थियो ।

गत आर्थिक वर्षमा १४ अर्ब १८ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरका विभिन्न वस्तु नेपाल आयात भएकोमा ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको नेपालबाट निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालबाट सबै भन्दा बढी निर्यात हुने वस्तुमा पाम आयल रहेको छ । गत आर्थिक वर्षभरिमा नेपालबाट १० अर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको पाम आयल विदेश निर्यात भएको सरकारी तथ्याङ्क छ । यो कुल निर्यातमा पाम आयलको मात्रै १० दशमलव ६४ प्रतिशत योगदान हो ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा पनि नेपालबाट सबै भन्दा बढी निर्यात हुने वस्तु पाम आयल नै रहेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट पाम आयलको निर्यात ८ अर्ब ३७ करोड रुपैयाँको भइसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । केन्द्रका अनुसार गत आवको सोही अवधिमा नेपालबाट अन्य देशहरुमा ८० करोड ८९ लाख रुपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो । 

तर, बिडम्बना पाम आयल पनि नेपालको आफ्नै उत्पादन भने होइन । यसका लागि विदेशबाटै कच्चा पदार्थ आयात गरेर रसायनिक प्रशोधनपछि मात्रै विभिन्न देशमा निर्यात गरिन्छ । गत आवमा मात्रै पाम आयलका कच्चा पदार्थ विभिन्न देशबाट १२ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा पनि पाम आयलका कच्चा पदार्थको आयात ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

‘निर्यात दीर्घकालीन होइन’
विश्लेषकहरुले आयातित पाम आयलको निर्यात दीर्घकालीन नभएको बताएका छन् । पाम आयलको निर्यात बढेपनि त्यो दीर्घकालीन नहुने अर्थविद एवं विश्लेषक पोशराज पाण्डे बताउँछन् । ‘पाम आयलको निर्यात धेरै नै बढेको देखाइएको छ’ उनले भने, ‘पाम आयल आयात गरेर अलिअलि प्रशोधन गरेर निर्यात गरिएको हो । यस्तो निर्यात दीर्घकालीन हुँदैन ।’

आयात गरेर निर्यात गर्ने अनि निर्यात बढेको भन्दै प्रचार गर्ने काम सरकारको बदमासी रहेको पाण्डेको टिप्पणी थियो । ‘भविष्यमा यसले व्यापार घाटा कम गर्ने भन्ने हुनै सक्दैन । भारतमा लागेको पाम आयलमा लागेको भन्सार दर र नेपालमा लागेको भन्सार दरकको भिन्नताले बढि पाम आयलको निर्यात भएको देखिएको हो ।’ विश्लेषक पाण्डले भनेजस्तै पछिल्लो समय भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । 

भारतले पाम आयलमा लगाएको प्रतिबन्धको सम्बन्धमा भारतसँगै छलफल गरिने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ । त्यसअघि बिहीबार मन्त्रालयले व्यवसायीसँग गरेको थियो ।