Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपर्शनजंग राणा, कलाकार
२०७६ पौष २४ बिहीबार १५:३५:००
Read Time : > 1 मिनेट
नयाँCity

अभिनय संवाद : मिस नेपालसँगको अभिनय फाप्यो

Read Time : > 1 मिनेट
२०७६ पौष २४ बिहीबार १५:३५:००

फिचर फिल्मका कलाकारलाई सिरियलमा लिनु चुनौती भएकै वेला ‘औँठा छाप’ र ‘ग्रहण’जस्ता फिल्मको लिड रोलमा अभिनय गरेका दीपर्शनजंग राणा सिरियलमा आए । एक समयको हाइस्केलको सिरियल थियो, ‘अग्निकुण्ड’ । त्यसको २६औँ भागसम्म अभिनय हेरेर उनका प्रशंसक धेरै भए । झरना बज्राचार्य, मेलिना मानन्धरजस्ता त्यतिवेलाका चिनिएका अभिनेत्रीको साथमा उनले मुख्य भूमिका पाए । फिल्ममा जमिसकेका अभिनेत्रीलाई लिएर बनाइएको सो सिरियलको छुट्टै चार्म थियो ।

त्यसो त दीपर्शनलाई सिरियलमा काम गर्नुअघि नै मोडेलका रूपमा धेरैले रुचाइसकेका थिए । उनलाई म्युजिक भिडियोमा खेल्ने अफर आयो । सन् १९९८ मा उनले बबिन प्रधानको ‘मेरो साथीहरूको माझ’ बोलको पहिलो म्युजिक भिडियो खेले । झरना बज्राचार्यसँग गरेको त्यो म्युजिक भिडियोको अभिनयले उनको माग झनै बढायो । झरना मिस नेपाल भइसकेपछिको सहकार्य थियो, त्यो ।

‘तिम्रो चर्चा चलेजस्तै’मा दीपर्शनको अभिनय रुचाइयो । सनुप पौडेलको पहिलो चर्चित गीत ‘सम्झना आइदिन्छ’मा उनले अभिनय गरे । ‘मैले अभिनय गरेको पहिलो म्युजिक भिडियो नै चलेपछि मान्छेहरू मेरो डिमान्ड हाई छ होला भन्ने गर्थे,’ उनी भन्छन्, ‘आफैँ पैसा हालेर म्युजिक भिडियोमा आउनुपर्ने त्यो जमानामा मलाई भने राम्रै पारिश्रमिक दिइएको थियो ।’ म्युजिक भिडियोमा सबैले रुचाए पनि उनले वर्षको १–२ वटामा मात्र खेले । भन्छन्, ‘अहिलेजस्तो सजिलो थिएन, त्यतिवेला । फिल्म पनि रिलमा खिच्नुपथ्र्यो ।’

झरना बज्राचार्य, सुमी खड्का, मेलिना मानन्धर, नन्दिता केसी, सहारा गुरुङ, मुना कार्कीलगायतसँग दीपर्शनले अभिनय गर्ने मौका पाए । ‘मैले प्रायः मिस नेपालहरूसँग अभिनय गर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘सिरियलपछि मात्र सिनेमामा अभिनय गर्ने त्यसवेलाको ट्रेन्डमा मैले सिनेमापछि सिरियल गर्नुको एउटै कारण अग्निकुण्ड सिरियल थियो ।’ ‘सम्झना आइदिन्छ’बाहेक ‘चन्द्रमा’, नौजाले मायाले’, ‘ऋतुहरूमा तिमी’, ‘मैले बा–आमा त्यागेर रोजेको’, ‘सुनैको दरबार’, ‘गुराँस फुल्यो’, ‘मेरा साथीहरूको माझ’, ‘तिम्रो चर्चा चलेजस्तै’, लगायत म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

अहिले उनी ठूलो पर्दा र सिरियल छोडेर वर्षमा बढीमा एउटा म्युजिक भिडियो र केही विज्ञापनमा मात्र काम गर्छन् । दीपर्शनका अनुसार आजकल पनि उनलाई सिनेमामा काम गर्ने अफर आइरहेका छन् । ‘म आफूलाई म्युजिक भिडियोमा सफल कलाकार मान्छु,’ उनी भन्छन्, ‘यो छवि बचाइराख्न सक्ने अफर आए मात्र काम गर्ने मेरो अडान छ ।’