१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस वासिङटन
२०७६ पौष २४ बिहीबार १५:२५:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकालाई हानी गरे इरानमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

Read Time : < 1 मिनेट
रासस वासिङटन
२०७६ पौष २४ बिहीबार १५:२५:००

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्नो भौतिक सम्पत्ति वा नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा थप कडाई गर्ने चेतावनी दिएका छन् ।  

उनले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी गर्दैै इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गरेका छन् । उनले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको दाबी गरे । 

इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सेनातर्फ कुनै क्षति नभएको उनले बताए । राष्ट्रपति ट्रम्पले गएराति ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गरेको सार्वजनिक सम्बोधनमा यस्तो बताएका हुन् । 

ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको उल्लेख गरे । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो । अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधबार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । 

आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आक्रमणबाट इरान नै तल परेको बताए । मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि उनको भनाई थियो । उनले मध्यपूर्वी क्षेत्रमा सेना अझै थप्ने स्पष्ट पारे ।

अमेरिकी सेना विश्वकै शक्तिशाली भएको उल्लेख गर्दै उनले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी गरे । इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने उनले स्पष्ट पारे ।