मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जनकपुर
२०७६ पौष २३ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
समाचार

अर्काे पक्षलाई कार्वाहीको माग गर्दै पत्रकार र कर्मचारीद्वारा प्रजिअलाई ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जनकपुर
२०७६ पौष २३ बुधबार १८:५९:००

जनकपुरधाम उपमहानगरपालिकामा मंगलवार भएको पत्रकार र कर्मचारीबीच हातहालाहालको घटनालाई लिएर दुवै पक्षले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 
नेपाल पत्रकार महासंघ धनुषा शाखाले बुधवार पत्रकारमाथि आक्रमण र दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई ज्ञापन पत्र बुझाईएको छ ।

पत्रकारमाथि हातपात गर्ने माथि कारवाही, जानकी मन्दिरको फुलवारीको जग्गा अतिक्रमण गर्ने कारवाही, प्रत्येक स्थानीय निकायमा सुचना अधिकारी नियुक्त हुनुपर्ने लगायतका माग ५ दिनमा पुरा नभएर महासंघ धनुषा शाखा आन्दोलनमा जाने प्रेस विज्ञप्तीमा उल्लेख छ । 

उता आफ्ना महिला कर्मचारीलाई कुटपिट तथा दुव्र्यवहार गर्ने केही पत्रकारलाई कारर्वाहीको माग गर्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारीले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । 
उपमहानगरपालिकाको कार्यालयबाट ‘गुण्डागर्दि पत्रकारिता मुर्दावाद’ सहितका प्लेकार्ड तथा नारा लगाउँदै कर्मचारीहरुले  जिल्ला प्रशासन कार्यालय पुगि करिव एक घण्टा धर्ना समेत दिएका थिए । जनकपुरधाम उपमहनगरपालिका कर्मचारी एसोसिएनका अध्यक्ष कृष्णदेव झाको नेतृत्वमा कर्मचारीहरुले प्रजिअ कँडेललाई ज्ञापनपत्र बुझाएका हुन् । 

घटनाको दोषिलाई कारवाहीको माग गर्दै कर्मचारीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । २३ पुसदेखि २५ पुससम्म दैनिक रुपमा एक/एक घण्टा थप गरि पेनडाउन गर्ने र २५ गतेसम्म कारवाही नभएर थप आन्दोलनको घोषणा गर्ने कर्मचारीद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।