मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ पौष २३ बुधबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार

अक्सिजन खरिदकालागि नगरपालिकाले बजेट दियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ पौष २३ बुधबार १८:३४:००

भिमदत्त नगरपालिकाले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि बजेट दिएको छ । नगरपालिकाले चालु आब २०७६/०७७ को कार्यक्रम अनुसार ४ लाख ५६ हजार सहयोग गरेको हो । 
बुधबार भिमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट, उप प्रमुख शुशिला चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा. अर्जुन कुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरे । 

महाकाली अस्पतालका निमित्त मेसु डा. श्रेष्ठले भिमदत्त नगरपालिबाट सहयोग रकमले एक थान ठुलो र एक थान सानो सिलिण्डर गरि दुई सिलिण्डर खरिद गर्ने बताए । उनले समाजिक सेवा इकाई, फार्मेसी संचालनका लागि समेत सहयोग गर्न आग्रह गरेका छन् । 

नगरपालिकाका मेयर सुरेन्द्र विष्टले नगरवासीको स्वास्थ्यका लागि महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि उक्त रकम सहयोग गरेको बताए । मेयर विष्टले संविधानमा उल्लेख भएको स्वास्थ्य अधिकार मौलिक अधिकार अनुरुप नगरपालिकाले स्वास्थ्य सेवा ऐन बनाउने तयारी समेत थालेको बताए ।