मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २३ बुधबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार

घुस मागेको आरोप पुस्ट्याई गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २३ बुधबार १८:०९:००

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौती दिएका छन् ।

उपाध्यक्ष गिरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने समेत बताएका छन् । उनले आफुमाथि लगाएको आरोप समाचार माध्यममा आउँदा आश्चार्यमा परेको बताउँदै कपोलकल्पित आरोप लगाइएको बताए । आयोगका उपाध्यक्ष गिरीले आफु १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको बताउँदै आरोप पुष्टि गर्न चेतावनी समेत दिए ।

उपाध्यक्ष गिरीले विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे । वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बुधबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ अथवा १० प्रतिशत शेयर घुस मागेको आरोप लगाएका थिए ।