Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २३ बुधबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले घुस मागेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २३ बुधबार १७:१५:००

वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागेकाे आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका हुन् । उनले १५ मंसिरमा मेडिकल कलेको सम्बन्धनका लागि निवेदन दिएपछि द्धारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुस मागेको आरोप लगाए । उनले उक्त रकम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव गरेको आरोप लगाए ।

कार्यकारी निर्देशक प्रसाइले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताए ।

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडि बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताए । उनले आफुलाई मेडिकल माफियाको रुपमा प्रचार गरिएको भन्दै अव वास्तविक माफिया देखाउन आफु तयार रहेको बताए ।