मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष २३ बुधबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

जनकपुरधाम उपमहानगरपालिकामा पत्रकार र कर्मचारीबीच हातहालाहाल

Read Time : < 1 मिनेट
२०७६ पौष २३ बुधबार १२:२४:००

समाचार संकलनका लागि जनकपुरधाम उपमहागरपालिकाको कार्यालयमा पुगेका पत्रकार र कर्मचारीबीच मेयरकै कार्यकक्षमा हातहालाहाल भएको छ ।

सडक विस्तारको क्रममा जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धि समाचार संकलनको लागि मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका पत्रकार अमरकान्त झा, सुभाष कर्ण, विकास साह, सुधन यादव, राजा झालगायतलाई उपमहानगरपालिकाको कर्मचारीहरुले मेयरको कार्यकक्षबाट बाहिर निकालेका थिए । 

मेयर साहले नगर प्रहरी तथा अन्य सहयोगी लगाएर आफुमाथि हातपात गराएको पत्रकाहरुको भनाई छ । 

यता, जनकपुरधाम उपमहनगरपालिकाले पत्रकारहरुले नै आफ्ना महिला कर्मचारीहरुलाई दुव्र्यवहार तथा हातपात गरेको आरोप लगाएको छ । मंगलबार एक दर्जन पत्रकारले मेयरसहित अन्य कर्मचारीलाई अपशव्द प्रयोग गरेको उपमहानगरपालिकाको आरोप छ । 

मिटिङ भइरहेको समयमा बिना जानकारी गुण्डा शैलीमा प्रवेश गरी मेयरसहित अन्य महिला कर्मचारीलाई अपशव्द बोल्दै दुर्व्वहार गरेको उपमहानगरपालिकाको आरोप छ । 

घटनापछि उपमहानगरपालिकाको बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कारवाहीको माग गरेको छ । 

यता, पत्रकारमाथि भएको हातपात तथा दुव्र्यवहारको घटनालाई नेपाल पत्रकार महासंघ प्रदेश २ कमिटिले भत्र्सना गरेको छ । त्यसैबीच, नेपाल पत्रकार महासंघ धनुषाले शाखाले घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने जनाएको छ ।