मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ पौष २२ मंगलबार १९:५९:००
Read Time : < 1 मिनेट
समाचार

न्यायाधीश अधिकारीको काज सरुवा

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ पौष २२ मंगलबार १९:५९:००

जिल्ला  बार एसोसिएसन महोत्तरीले जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको कार्यक्षमता र न्यायिक विवेकमाथि प्रश्न उठाउँदै इजलास बहिष्कार गरेपछि उनको काज सरुवा भएको छ ।

जिल्ला अदालत महोत्तरी प्रशासन शाखाले जनाएअनुसार अधिकारीको न्याय परिषदको सचिवालय सर्वोच्च अदालत काठमाडौं काज सरुवा भएको हो । जिल्ला बारले गत मंगलबार न्यायाधीश अधिकारीको इजलास बहिस्कार गर्ने निर्णय गरेको थियो । अधिकारीको एक साताभित्रै काज सरुवा भएको हो । कानुन व्यवसायीहरूले गत बुधबारबाट अधिकारीको इजलास बहिस्कार गरेका थिए ।

जिल्ला बारले आवश्यक निकास तथा सहयोगका लागि महोत्तरी जिल्ला अदालत, नेपाल बार एसोसिएसन जनकपुर र केन्द्र, उच्च अदालत जनकपुर, न्याय परिषद र सर्वोच्च अदालतमा पत्र लेखेर अधिकारीको इजलास बहिस्कार गर्ने जानकारी गराएको थियो । न्याय परिषदको निर्णयको जिल्ला बार महोत्तरीले स्वागत गरेको छ ।