Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २२ मंगलबार १६:२९:००
Read Time : < 1 मिनेट
अर्थ

संविधानको मर्म अनुरुप बजेट ल्याउन नसकेको उपप्रधानमन्त्री पोखरेलको स्वीकारोक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २२ मंगलबार १६:२९:००

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन् ।

संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरे पनि काम गर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताएका हुन । । मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्धन्द हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए ।

उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरु अझै पनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारीक रुपमा अन्तर  विरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए । 

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरीक्षणमा जानुपर्नेमा उनको जोड थियो । उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भए मात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए ।