मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २२ मंगलबार १५:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

'फेरि देशभर वर्षा र हिमपातको सम्भावना'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २२ मंगलबार १५:४०:००

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भागमा हिमपात तथा पश्चिमी पहाडी भागमा हल्का वर्षा हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । “आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको छ”, उनले भने । पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।  

राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम १६.३ डिग्री सेल्सियस रहेको छ । यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.३ तीन डिग्री सेल्सियस रहेको छ । रासस