१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ पौष २२ मंगलबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार

सरकारी अस्पतालकै कर्मचारीको मिलोमतोमा विरामी निजी अस्पताल पठाइन्छ : मन्त्री ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष २२ मंगलबार १४:२२:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई निजी अस्पताल पठाउने गरेको पाइएको बताएका छन् । 

कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका हुन । आस्थाको केन्द्र अस्पताल भएको प्रसंग उल्लेख गर्दै उनले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने क्रियाकलाप हुने गरेको पाईएको बताए । 

‘धेरै अस्पतालमा विरामीहरु सुरुमा सरकारीमा आउँछन् । बिचको अवधिमा काजमा बाहिर जान्छन् । फेरी सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु’, उनले भने ‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पु¥याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।’

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए । निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालको भनाई थियो । 

उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।