१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
आरोन डेभिड मिलर काठमाडाैं
२०७६ पौष २२ मंगलबार ०९:४५:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

सुलेमानी हत्या : कहाँ छ अमेरिकी रणनीति ?

Read Time : > 1 मिनेट
आरोन डेभिड मिलर काठमाडाैं
२०७६ पौष २२ मंगलबार ०९:४५:००

विदेशमन्त्री पोम्पेओले सुलेमानीको अन्त्य भइसकेकाले अमेरिकी नागरिक सुरक्षित रहेको बताए पनि उनीहरू अझै सुरक्षित भइसकेका छैनन्

इरानी क्वाड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी हत्याको नैतिक तर्क बाध्यकारी छ । अमेरिकी अधिकारीले उनलाई सयौँ अमेरिकी मारिनुमा जिम्मेवार ठहर गरेका छन् । त्यस्तै सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता जोगाउने अभियानका योजनाकार रहेको आरोप पनि उनीमाथि छ । असद आफैँ पनि दसौँ हजार सिरियालीको मृत्युमा जिम्मेवार छन् । 

तर, अमेरिकाले सुलेमानीलाई मार्नैपर्ने जरुरी भने थिएन । उनको अन्त्य अर्थात् मध्यपूर्वको यस दशककै सर्वाधिक ठूलो हत्याले गम्भीर अर्थ राख्नेछ । अलकायद प्रमुख ओसामा बिन लादेन र आइएस प्रमुख अबु बकर अल बग्दादीको हत्याभन्दा पनि यसको महत्व ठूलो हुनेछ । 

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सुलेमानीको अन्त्य भइसकेकाले अमेरिकीहरू अब सुरक्षित रहेको बताए । तर, उनीहरू अझै सुरक्षित भने भइसकेका छैनन् । सिएनएनमा अन्तर्वार्ताका लागि विदेशमन्त्री पोम्पेओ उपस्थित हुनुभन्दा एक घन्टाअघि मात्रै उनकै मन्त्रालयले सबै अमेरिकीलाई इराक छाड्न चेतावनीयुक्त सन्देश जारी गरेको थियो । 

अब हामी त्यस्तो खुलासत्रमा प्रवेश गरेका छौँ, जहाँ अमेरिकी सेना, कूटनीतिज्ञ, आमनागरिकमाथि इरानले आक्रमण गर्न सक्छ । सम्भवतः महिनौँसम्म यस्तो शृंखला चल्न सक्छ ।

पेन्टागनले सुलेमानीको हत्यालाई अमेरिकीमाथि इरानले गर्ने आक्रमण निरुत्साहित गर्ने उद्देश्यले गरिएको रक्षात्मक कारबाही भनेको छ । तर, यसले इरानलाई निरुत्साहित गर्नेछैन, बरु अमेरिकीविरुद्ध अब ठूला कारबाही हुनेछन् भनेर विश्वास गर्नुपर्ने आधार धेरै छन् । 

अमेरिकाले इरानका दोस्रा ठूला शक्तिशाली व्यक्तिलाई मारेको छ । केहीले त उनलाई ‘जीवित सहिद’समेत भनेका छन् । उनको हत्यालाई इरानी सत्ता र त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीमाथिको सीधा आक्रमणभन्दा कम रूपमा बुझिनेछैन । 

अब इराकमा अमेरिकाको अवस्था कमजोर हुन सक्छ, इरानले यसलाई अमेरिकाविरुद्ध असन्तुलित ढंगले लड्नका लागि केन्द्रीय युद्धमैदान बनाउन सक्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो विषयमा सम्झौता गरेका छन्, जसबारे उनलाई त्यति धेरै मतलब छैन, १६ वर्षसम्म इराकमा अमेरिकाले गरेको लगानी, जसमा हजारौँ अमेरिकीको जीवन र ट्रिलियन्स डलर खर्च समावेश छ । अमेरिकी आक्रमणलाई प्रोत्साहित गर्ने गुप्तचर नियाल्न नपाएसम्म (सम्भवतः हामीले कहिल्यै नदेख्न सक्छौँ) यो अप्रेसन इरानविरुद्धको योजनाबद्ध वा फराकिलो रणनीतिसँग कसरी जोडिएको छ वा छैन भन्नेबारे हामीलाई जानकारी हुँदैन । अमेरिकी प्रशासनमा इरानको सत्ता बदल्ने, नाकाबन्दी प्रवद्र्धन गर्ने र कठोर कदम उठाउनेहरू छन् । प्रशासनसँग नभएको भनेकै इरानसँग यथार्थवादी ढंगले सहमति गर्ने योजना हो । हरेक दिन बित्दै गर्दा यो विषय पीडादायी रूपमा धेरैभन्दा धेरै उजागर हुँदै गएको छ । 

(मिलर मध्यपूर्व क्षेत्रका विश्लेषक हुन्) सिएनएन डटकमबाट