मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २१ सोमबार २१:०२:००
Read Time : < 1 मिनेट
समाचार

७५ हजार घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २१ सोमबार २१:०२:००

सेवाग्रहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साेमबार पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइदिने भन्दै सेवाग्रहीसँग घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्साअन्तर्गतको २ नं नापी टोली कार्यालयबाट सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ । सेवाग्रहीले दिएकोे सूचना तथा उजुरीका आधारमा उनलाई पक्राउ गरेकाे बताइएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि मकवानपुर लैजाने आयोगले तयारी गरेको छ ।