मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २१ सोमबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार

अष्ट्रेलियाको आगलागीबाट भएको क्षतिप्रति परराष्ट्र मन्त्रीद्वारा दुःख व्यक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २१ सोमबार १७:११:००

अष्ट्रेलियाको जङ्गलमा लागेको आगोले पुर्‍याएको क्षतिप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख व्यक्त गरेका छन् । 

आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा क्षति पुगेकोप्रति ज्ञवालीले अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार दुःख मनाउ गर्दै सन्देश पठाएका हुन् । 

आगलागीका कारण उत्पन्न सङ्कटबाट उठ्न अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा विश्वस्त रहेको मन्त्री ज्ञवाली पठाएको सन्देशमा उल्लेख छ । 

अष्ट्रेलियामा पाँच दिनदेखि लागेको आगलागीका कारण २५ भन्दा बढीको मृत्यु भइसकेको छ भने १५ सय भन्दा बढी घर जलेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आगलागीकै कारण ५० करोडभन्दा बढी जनावर जलेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।