मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २१ सोमबार १५:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ : डा संग्रौला

Read Time : < 1 मिनेट
२०७६ पौष २१ सोमबार १५:१६:००

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको बताएकी छिन् । 

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसँग राखेको अन्तरसंवाद कार्यक्रममा नेतृ संग्रौलाले चुनाव अघि राष्ट्रवादको रट लगाएको सरकारले कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले झै ओली सरकारले पनि फुटनोट लेखेर झारा टारेकाे आरोप लगाइन । उनले भनिन्, ‘त्यसैले स्पष्ट हुन्छ, केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’

उनले वर्तमान सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा जुटेको आरोप लागएकी छिन् । सामाजिक संजालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माण गरेर सरकारले जनताको अधिकार कुण्ठित गरेको उनले बताइन् । 

ओली नेतृत्वको सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको र सरकारले प्रतिवद्धता जनाएअनुसार काम गर्नै नसकेको उनको भनाई थियो । 

राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वान वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आग्रह गर्दै नेतृ संग्रौलाले कांग्रेसका उम्मेदवारलाई मत दिन अनुरोध गरिन । कांग्रेसले प्रदेश १ मा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ ।