१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २१ सोमबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार

किशोरीहरु उच्च जोखिममा : मानवअधिकार आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २१ सोमबार १४:५६:००

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु उच्च जोखिममा रहेको औल्याएको छ । 

‘नेपालमा बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो औल्याएको हो । मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताइन । २६ दशमलव ३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष चपेटामा परेका छन् भने, २६ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका छन् । सदस्य अन्सारीका अनुसार नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको शिकार बन्ने गरेका छन् । जसमा १८ वर्षमूनिका धेरै रहेको आयोगको भनाई छ । 

बालविकास खोजतलास केन्द्रका तथ्यांक अनुसार आब २०७५÷२०७६ मा २ हजार ४ सय ८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला परेका छन् । फेला नपरेका १ हजार २ सय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएका भएको हुन सक्ने आयोगको भनाई छ । गत आबमा ३ हजार ३ सय ३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रहरीको तथ्यांकले देखाउँछ । 

आयोगका अध्यक्ष अनुपराज शर्माले परिवारबाट नै बालबालिकाहरुमाथि विभेद रहेको बताए । ‘छोरीलाई सरकारी र छोरालाई बोर्डिङ स्कुल पढाउने चलन अहिले पनि रहेको पाइन्छ । वंशज भनेको बाबुबाट मात्रै सुरु हुन्छ आमाको हुँदैन भन्ने कुरा अहिले पनि छ’ उनले भने ‘नेपालको संविधानले नै महिलाले नागरिकता गुमाउन पनि हुन्न भन्ने आफ्नो राष्ट्रियता छोराछोरीमा ट्रान्सफर गर्न सक्छ पनि भन्ने तर त्यसको विपरित ऐन लागु गर्ने ।’

आयोगको अध्ययन प्रतिवेदनले जवरजस्ती करणीमा परेको पीडितहरु मध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ ।