मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

हलमा सुश्री सम्पत्ति,  डोली र कथा ७२

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५०:००

आज शुक्रबारबाट एकसाथ तीन वटा नेपाली फिल्म–सुश्री सम्पत्ति, डोली र कथा ७२ प्रदर्शन भएका छन् । सुव्रतराज आचार्य निर्देशित सुश्री सम्पत्ति कमेडी फिल्म हो भने राजबहादुर साने निर्देशित डोलीलाई सामाजिक प्रेमकथानक फिल्म भनिएको छ ।

प्रवीण स्याङ्वो निर्देशित कथा ७२ भने ०७२ सालको भूकम्पको विषयलाई लिएर निर्माण गरिएको फिल्म हो । रमेश त्वयनाले निर्माण गरेको सुश्री सम्पत्तिमा विनोद न्यौपाने, सलोन बस्नेत, सारा श्रीपाली, राजाराम पौडेल, प्रमोद अग्रहरिलगायत कलाकारले अभिनय गरेका छन् । किरण नेपालीले निर्माण गरेको डोलीमा किशोर खतिवडा, पृथ्वी प्रसाईं, सानिया खान, संगीता नापित, नवीन रेग्मीलगायत कलाकार छन् । त्यसैगरी, कथा ७२ मा आकाश मगर, सुप्रिया लामालगायतले अभिनय गरेका छन् ।