मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष २१ सोमबार ०७:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

कीर्तिपुरलाई हराउँदै बनेपा क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २१ सोमबार ०७:४१:००

बनेपा नगरपालिका महानगर कप भलिबलअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार कीर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा अन्तिम आठमा पुगेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्‍यो ।

जितसँगै समूह बीमा बनेपाले ३ अंक जोड्यो । कीर्तिपुर लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कीर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । कीर्तिपुरको हारसँगै कागेश्वरी पनि क्वार्टरफाइनलमा पुगेको छ । समूह बीमा विजेता र उपविजेता छिनोफानो हुन बाँकी छ । 

अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई ३–१ को सेटमा हराएको छ । पुरुषतर्फ महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई ३–० को सेटमा पराजित गरेको छ । कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि ३–० को सोझो सेटमा निराश पार्‍यो । 

महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ ले पराजित गरेको हो । महिलातर्फ नै हेटौँडाले टोखालाई सोझो सेटमा पाखा लगायो । त्यस्तै, अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई ३–० ले पराजित गर्‍यो ।