१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २० आइतबार ०९:४०:००
Read Time : < 1 मिनेट
नयाँCity

कारामाथि अन्तर्क्रिया

Read Time : < 1 मिनेट
२०७६ पौष २० आइतबार ०९:४०:००

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको उपन्यास ‘कारा’माथि अन्तक्र्रिया भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले उपन्यासमाथि टिप्पणी गरे ।

न्यायाधीश मल्लले कारा उपन्यास मात्र नभएर नेपाली समाजको यथार्थसमेत रहेको बताइन् । ‘यो उहाँ (सुशीला कार्की)ले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो,’ उनले भनिन्, ‘आफूले देखे–भोगेका घटनालाई उहाँले जसरी उपन्यासमा उतार्नुभएको छ, त्यसले उपन्यासलाई निकै रोचक र सजीव बनाएको छ ।’

पूर्वडिआइजी खरेलले एउटा छुट्टै नेपाल बुझ्न भए पनि एकपटक कारा पढ्नुपर्ने बताए । ‘उपन्यासमा मैले प्रहरी सेवामा छँदा अनुभव गरेका कतिपय घटनाको झल्को पाएँ,’ उनले भने । पूर्वप्रधानन्यायाधीश कार्कीले कारा नेपालको प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यास भएको बताइन् । उनका अनुसार कारागारभित्र देखिने फरक जीवन कथालाई उपन्यासमा समेटिएको छ । किताब पब्लिसर्सले काराको प्रकाशन गरेको हो ।