मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ पौष २० आइतबार ०८:१५:००
Read Time : < 1 मिनेट
अर्थ

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवमा सामाजिक काम : विद्यार्थीलाई छात्रवृत्तिदेखि वृद्धाश्रमलाई खाद्यान्नसम्म

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २० आइतबार ०८:१५:००

मुक्तिनाथ विकास बैंकले १४औँ वर्ष प्रवेशको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका क्षेत्रीय तथा शाखामार्फत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । 

बैंकले सहयोगअन्तर्गत विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयमा स्टेसनरीका सामग्री तथा फर्निचर, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा, चेपाङ संरक्षण समितिलाई खाद्यान्न, विभिन्न ठाउँमा डस्ट्बिन, तराइका शीतलहरबाट प्रभावित क्षेत्रमा कम्बल, तथा विभिन्न अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ ।

यसैगरी, बैंकले बाग्मती सरसफाइ, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाइ अभियानका लागि आवश्यक सामग्रीसमेत वितरण गरेको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले देशका विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रमबाट कुल ४ सय ३० पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

बैंकले वार्षिकोत्सवकै अवसरमा केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यमद्वारा एकैसाथ १८ शाखाको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैँसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनास ताल, तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीसहर, चितवनको टाँडी, नवलपुरको गैँडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा शाखा सञ्चालन गरेको जनाएको छ ।