१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष १९ शनिबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार

उत्तरी गोरखामा चुम श्याग्या शताब्दी महोत्सव हुने 

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष १९ शनिबार १४:४४:००

अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष पुगेको खुसियालीमा आगामी बैशाखमा उत्तरी गोरखामा चुम श्याग्या शताब्दी महोत्सव हुने भएको छ । 

मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने चुम उपत्यकामा आगामी  ५ देखि ८ बैशाखसम्म महोत्सव हुने चुम श्याग्या शताब्दी महोत्सव समितिका अध्यक्ष निमा लामाले बताए ।  ‘अहिंसाको अभियान, चुमबासीको पहिचान’ भन्ने मुल नारासहित महोत्सव आयोजना गर्ने उनले बताए । ‘चुम उपत्यका शान्तिको अग्रदुत भगवान गौतम बुद्धले दिनुभएको उपदेशको पालना गर्दै आएको अहिंसा क्षेत्र हो,’ उनले भने, ‘यो राज्यले चिन्न नसकेको जौविक विविधताको खुल्ला संग्रालय हो, यहाँको अध्ययन, अनुसन्धान तथा प्रचारप्रचार हुन सकेको छैन ।’ महोत्सवले उत्तरी गोरखालाई साँस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउनमा टेवा पुग्ने उनको भनाइ छ । 

वि.सं १९७७ देखि चुम उपत्यकाका बासिन्दाहरुले अहिंसाको सिद्धान्त पालन गर्न सामुहिक रुपमा हस्ताक्षर गरी प्रतिवद्धता जनाएका थिए । बौद्ध धर्मालम्बीको बसोबास रहेको यस क्षेत्रमा काटमार निषेध गरिएको छ । स्थानीयले जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाट्ने, डढेलो नलगाउने, काटमारका लागि पुशपंक्षीको ओसार पोसारमा पुर्नरुपमा निषेध गरेको छ । 

वि.स. २०२७ सालमा सम्भोटा लिपिमा लेखिएको अहिंसा सम्बन्धि प्रतिवद्धता दस्तावेजलाई वि.स. २०२९ सालमा देवनागरिक लिपिबद्ध गरी त्यस क्षेत्रका विभिन्न गाउँ र गुम्बामा राखिएको छ । 

महोत्सवको अवसरमा सय वटा बिरुवा वृक्षारोपण गर्ने र सय वटा झण्डा उत्तोलन गर्ने कार्यक्रम रहेको छ । महोसत्वकै क्रममा अहिंसा र बौद्ध धर्म दर्शनको विश्व शान्ति पदयात्रा गर्ने, परम्परागत घोडे जात्रा प्रदर्शन, स्थानीय साँस्कृतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ । बौद्ध धर्म गुरु पुजा र बौद्ध दर्शन प्रवचन, धर्म गुरुबाट प्राकृतिक पुजा र शान्तिको दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।