Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १८ शुक्रबार २०:००:००
Read Time : < 1 मिनेट
समाचार

१९ लाख घुस रकमसहित तीन जना इञ्जिनियर पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ पौष १८ शुक्रबार २०:००:००

सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित पक्राउ गरेकाे छ । उनलाई  शुक्रबार साँझ लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो ।

यस्तै, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।