Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १८ शुक्रबार १८:०६:००
Read Time : < 1 मिनेट
अर्थ

भन्सारले व्यापारलाई सहज बनाउन भुमिका खेल्नु पर्नेमा अर्थमन्त्रीकाे जाेड

Read Time : < 1 मिनेट
२०७६ पौष १८ शुक्रबार १८:०६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारले व्यापारलाई व्यवस्थित गरेर सहज वातावरण बनाउनु पर्ने बताएका छन् । टीकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन ।

उनले उठेको करलाई राष्टिय हितमा लगाउनु लगाउनु पर्ने पनि जोड दिए । मन्त्री खतिवडाले आयातले देश समृद्धि नहुने भएकाले स्वस्थ आयातमा ध्यान दिनु पर्ने र अहिले आयात प्रतिष्थापन हँुदै गएको बताए ।  

सुशासनले राजश्वमा वृद्धि हुदै गएको  र खर्च गर्ने कानुन बनाउने कसरतमा संघीय सरकार रहेकाले स्थानीय तहका जनप्रतिनिधीले पनि सहि रुपमा स्रोत परिचालन गर्न आवश्यक रहेको औल्याए । खुल्ला सिमाको कारण राजश्व चुहावट हुने भएकाले त्यसको कडाईका लागि सरकारले सिमा क्षेत्रमा अहिले सिमा सुरक्षा बलको अवधारणा अगाडी सार्दै गरेको बताए । 
२०५२ सालमा स्थापित रहेको सत्ती छोटी भन्सार २०५८ मा सशस्त्र द्धन्दको कारण विस्थापित भएको थियो ।