१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १८ शुक्रबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल सधै शान्तिको पक्षमा रहेको छ : पर्यटनमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १८ शुक्रबार १२:५०:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधै शान्तिको पक्षमा रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताए । उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुर्‍याउने बताए । 

१ जनवरीदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको अवस्थामा यस्ता कार्यक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई पर्यटन वर्षको प्रवर्धनमासमेत सहयोग पुर्‍याउने उनले बताए ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवर्धनमा सहयोग पुग्ने उनले बताए ।