मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०६:४२:००
Read Time : < 1 मिनेट
अर्थ

सिद्धार्थ बैंकको सप्ताहव्यापी रक्तदान कार्यक्रम

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष १८ शुक्रबार ०६:४२:००

सिद्धार्थ बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा ११ पुसदेखि १६ गतेसम्म देशका विभिन्न १० स्थानमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले सप्ताहव्यापी रूपमा विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा रक्तदान कार्यक्रम गरेको हो । 

कार्यक्रम अवधिभर बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीका साथै सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रम अवधिभरमा ४ सय ९८ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

विगत १७ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर १ सय ७८ शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, १ सय ९७ एटिएम तथा १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरिय सेवा प्रदान गर्दै आएको छ ।