मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १७ बिहीबार १८:२४:००
Read Time : > 1 मिनेट
अर्थ

गण्डकी प्रदेशको बजेट खर्च निराशाजनक  

Read Time : > 1 मिनेट
२०७६ पौष १७ बिहीबार १८:२४:००

धेरैको आशा थियो देश संघीयतामा गएपछि विकासका क्रम तिब्र हुन्छन् । तर प्रदेशका खर्चको अवस्था हेर्दा त्यो आशा व्यवहारमा भने देखिन सकेको छैन । गण्डकी प्रदेशको चालु आबको पाँच महिनाको खर्चको अवस्था हेर्यो भने निराशाजनक नै देखिन्छ । चालु आबको पाँच महिनामा प्रदेश सरकारले कुल बजेटको जम्मा ८ दशमलव ७५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारले पुजिगत तर्फ ९ दशमलव ६७ र चालु तर्फ ७ दशमलव मात्र खर्च गर्न सकेको हो ।

प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट ल्याएकोमा २ अर्ब ८१ करोड ६६ लाख ६३ हजार एक सय ५४ रुपैयाँ मात्र पाँच महिनाको अवधीमा खर्च गर्न सकेको छ । 

कुल बजेट मध्ये पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार र चालुतर्फ १२ अर्व २८ करोड ५७ लाख ७२ हजार विनियोजन गरिएको थियो । खर्च भएको बजेट मध्ये पुजिगत तर्फ १ अर्ब ९७ करोड ६५ लाख २६ हजार ५८ रुपैया मात्र खर्च भएको छ भने चालुतर्फ ८४ करोड १ लाख ३७  हजार ९६ रुपैया खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिए ।

खर्च भएको बजेट प्रदेश सभा, सात मन्त्रालय र मुख्य न्यायाधीवक्ताको कार्यालय सगै प्रदेश सरकार मातहतका जिल्लामा रहेका कार्यालयको रहेको गौतमले बताए ।
मन्त्रालयगत रुपमा निकासा भएको पुँजिगत तर्फको बजेट खर्च सवै भन्दा बढि भौतिक पुर्वाधार विकास मन्त्रालयलले गरेको छ । मन्त्रालयका लागि १५ अर्ब ११ करोड ५ लाख १५ हजार विनियोजन भएकोमा १२ दशमलव ४० प्रतिशत अर्थात १ अर्ब ८७ करोड ३५ लाख बजेट खर्च भएको छ । 

पुँजिगत बजेट खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सबैभन्दा पुछारमा रहेको छ । कार्यालयका लागि ८७ करोड १२ लाख ५० हजार विनियोजन भएकोमा शुन्य दशमलब १० प्रतिशत अर्थात ८ लाख ४६ हजार १ सय ९९ रुपैया मात्र खर्च भएको छ । 

बजेट खर्चका लागि मन्त्रालयलहरुलाई आवश्यक कार्यविधी अभावका कारण गएको पाँच महिनामा अपेक्षा अनुसारको बजेट खर्च हुन नसकेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले दाबी गरे ।