मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ पौष १७ बिहीबार ०६:५५:००
Read Time : < 1 मिनेट
अर्थ

सिभिल बैंकको विविध सामाजिक काम

Read Time : < 1 मिनेट
२०७६ पौष १७ बिहीबार ०६:५५:००

सिभिल बैंकले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक काम गरेको छ । बैंकले घोषणा गरेबमोजिम देशभरका विभिन्न शाखामार्फत महिनाभर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले महिनाभर ३८ शाखामा गरेको रक्तदान कार्यक्रममा १ हजार ३ सय ५४ पिन्ट रगत संकलन गरेको जनाएको छ । त्यसैगरी बैंकले २८ शाखामार्फत विभिन्न सरकारी विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक स्थिति कमजोर भएका २८ छात्रालाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । साथै, बैंकले विभिन्न नगरपालिका तथा सफाइका क्षेत्रमा कार्यरत संघसंस्थालाई डस्टबिन हस्तान्तरण गरेको छ भने धर्मशाला निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

वार्षिकोत्सवकै अवसरमा असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीनको सहयोगार्थ सय थान विशेष छडी प्रदान गरेको बैंकले इलामको श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । साथै बैंकले अन्य शाखामार्फत विभिन्न संघसंस्थालाई खाद्यान्नलगायत आवश्यक सामग्रीसमेत वितरण गरेको थियो ।