Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुर्खेत
२०७६ पौष १७ बिहीबार ०६:५१:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव कार्यकर्ता र  प्रहरीबीच गोली हानाहान

Read Time : < 1 मिनेट
सुर्खेत
२०७६ पौष १७ बिहीबार ०६:५१:००

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा बुधबार गोली हानाहान भएको हो ।

विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो आक्रमण भएपछि दुई राउन्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

दुईजना मात्र प्रहरी भएकाले विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्न नसकिएको पन्तले बताए । ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवका कार्यकर्ताले प्रहरीलाई आक्रमण गरे’ उनले भने, ‘हामीले पनि जवाफी फाइरिङ गर्नुप-यो ।’ विप्लव नेकपाले मंगलबार राति भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गरेको थियो ।