मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १६ बुधबार ०९:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग

लोकसंगीतको खानीमा हुर्किएँ : पशुपति शर्मा

Read Time : < 1 मिनेट
२०७६ पौष १६ बुधबार ०९:३५:००

संगीत सरगम

स्याङ्जामा जन्मिएँ, जहाँका गाउँघरमा लोकगीत नै घन्किन्थे । सानैदेखि मेरो रुचि सांगीतिक क्षेत्रमा थियो । तर, त्यसमा अगाडि बढ्न परिवारको सहयोग पाइनँ । मेरो मनमा जसरी पनि गीत/संगीतमा लाग्छु भन्ने थियो । मेरो आवाज रेडियोमा सुनिनुपर्छ, टेलिभिजनमा देखिनुपर्छ, पत्रपत्रिकामा छापिनुपर्छ भन्ने लाग्थ्यो ।

०५८ सालतिरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेँ । स्याङ्जालाई लोकसंगीतको खानी नै मानिन्छ । मलाई पनि लोकगीतबाहेकमा रुचि भएन । त्यही पृष्ठभूमिले मलाई लोकसंगीतमा डोर्‍यायो । पछि मात्र लोक विधाबाहेकको संगीत पनि हुँदोरहेछ भन्ने थाहा पाएँ । अनि मात्र आधुनिक गीत/संगीत मन पर्न थाल्यो । आफूले गाएकामध्ये ‘क्याम्पस पढ्न आउने’, ‘अमेरिका नि यही जापान पनि यही’, ‘लुट्न सके लुट कान्छा’लगायत गीत बढी मन पर्छन् । आफ्ना गीतमार्फत केही न सन्देश दिन खोज्छु । त्यसैले दर्शक/श्रोतामाझ मेरा गीत चर्चित भएको हुन सक्छ । 

राधिका हमाल, टीका पुन, सम्झना भण्डारी, सम्झना लामिछाने, जानकी मगर, सीता केसीलगायत धेरै कलाकारसँग सहकार्य गरेको छु । सबैले राम्रो गाउनुहुन्छ । उहाँहरू सबैलाई सम्मान गर्छु । मंसिरदेखि वैशाखसम्म कार्यक्रमहरूमा व्यस्त रहन्छु । विभिन्न मेला, महोत्सवमा सहभागी हुन जिल्ला–जिल्लामा पुग्ने गर्छु  ।