१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १५ मंगलबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारीको आन्दोलनले नागरिक उड्डयन सम्बन्धि विधेयक रोकिँदैन : पर्यटनमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १५ मंगलबार १४:५२:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धि विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने स्पष्ट पारे । कार्यक्रममा कर्मचारीहरुले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिए । उनले छलफलका लागि तयार रहेको उल्लेख गर्दै आन्दोलनको चेतावनीबाट समाधान ननिस्कने बताए । आन्दोलन गरेर अवरोध गर्न खोजे कारबाही गर्ने उनले चेतावनी दिए । 

कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्नेगरी विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए । गत साउनमा मन्त्रिपरिषद्ले दुई छुट्टा छुट्टै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । 

यससँगै नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी ऐन आउने भएको हो । अध्यक्ष यादवले सरकारले प्राधिकरणलाई टुक्रा टुक्रा पार्न लागेको भन्दै आन्दोनलको घोषणा गरिसकेको बताए । विधेयकको विरोधमा आधिकारीक ट्रेड युनियनले गत २९ मंसिरमा नै विभिन्न चरणका आन्दोलनको घोषणा गरेको थियो । 

युनियनले १६ देखि १८ पुससम्म कालो पट्टी बाधेर काम गर्ने, २० देखि २२ पुषसम्म पेन डाउन गर्ने र २३ देखि २५ पुससम्म महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम घोषणा गरेको छ ।