मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १४ सोमबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

नागरिकतामा जन्म मिति सच्याउने कारागार चलान

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार १८:३१:००

आफैले नागरिकतामा जन्म मिति सच्याएको आरोपमा अदालतबाट कैद फैसला तोकिएका आँधीखोला गाउँपालिका-६ का ३९ वर्षीय चोलाकान्त कामीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले फैसला गरेको ९ वर्षपछि उनी पक्राउ परेका हुन् । 

कैद सजाय भएपछि कामी फरार थिए । स्याङ्जाका डिएसपी नवीनकृष्ण भण्डारीले उनलाई घरबाटै पक्राउ गरिएको बताए । उनलाई जिल्ला अदालत स्याङ्जामा पेश गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको भण्डारीले जानकारी दिए ।