१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १४ सोमबार १८:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले योजनाबद्ध रुपमा मलाई पक्राउ गर्यो : सिपी गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १४ सोमबार १८:०४:००

देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले सरकारले योजनाबद्धरुपमा आफुहरुलाई पक्राउ गरेको बताएका छन् । 

सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले प्रशासनलाई कार्यक्रमबारे जानकारी हुँदापनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी गरे । प्रक्राउपछि प्रहरीले गरेको व्यवहारले घटना प्रायोजित थियो भन्ने पुष्टि हुने उनको भनाई छ । प्रधानमन्त्रीलाई भेट्न समय लिन खोजेपनि ‘बेड रेष्ट’मा भएका कारण भेट्न नपाएपछि उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसँग समय लिएर भेट्न जाँदा प्रहरीले पक्राउ गरेको बताए । 

उनले नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि भारतको उक्त कदमको विरोध गरेको बताए । प्रहरीले आइतबार राजधानीबाट गजुरेलसहित १२ जना नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।