मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १४ सोमबार १२:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अदालत भित्र सिद्धबाबा भनिने गिरीको थुनछेक बहस जारी, बाहिर वादी र प्रतिवादीको नारा जुलुस

Read Time : > 1 मिनेट
२०७६ पौष १४ सोमबार १२:५४:००

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुनसरी बराहक्षेत्र नगपालिाका २ चतराधाम आश्रममा बस्दै आएका सिद्धबाबा भनिने कृष्णदास गिरीको थुनेछेक बहस सोमबार पनि जारी छ ।

जिल्ला अदालत सुनसरीमा आइतबार थुनछेक सुरु भएको थियो । सोमबार पनि आइतबार जस्तै सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अदालत सुनसरी अगाडि वादी र प्रतिवादी पक्षले नारावाजी गरिरहेका छन् ।  

सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाघीश राधाकृष्ण उप्रेतीको इजलासमा जारी थुनछेक बहसमा सरकारका तर्फबाट जिल्ला न्यायाघिवक्ता गोकुलबहादुर निरौला, न्यायघिवक्ताहरु अनिल रेग्मी, अन्नत न्यौपाने, नवराज विष्ट, रेणुका राई, रेवती सुवेदीले बहस गरेका छन् । यसैगरी पीडित भनिएकी जाहेरवाला महिलाका तर्फबाट कानुन व्यावसायी अश्विनी भट्टराई र अघिवक्ता निराजन ओझाले बहस गरेका छन् ।

प्रतिवादी गिरीका तर्फबाट काठमाडौंबाट आएका अघिवक्ता डा. दिनेशराज सत्याल, अघिवक्ता सरोज गिरी, अघिवक्ता रमेश पराजुली, मोहन कोइराला र अघिवक्ता रुपेश कोइराला लगायतले बहस गर्दैछन् । सिद्धबाबाका अनुयायीहरुले आइतबार बिहानैदेखि निषेधितक्षेत्र बाहिर भजन किर्तन गाउँदै व्यानर प्लेकार्डसहित उनको पक्षमा रिहाइको अपिल गरिरहेका छन् । 

अर्कोतर्फ सिद्धबाबालाई कारबाही माग गर्दै महिला अधिकारकमीरुले नारा जुलुस गरिरहेका छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध महिला अधिकारकर्मीहरुसँगै स्थानीय महिलाहरुले सिद्धबाबालाई कडाभन्दा कडा कारबाहीको माग राख्दै नारावाजी गरिरहेका छन् ।

गिरीको थुनछेक सुरु भएसँगै निषेधाज्ञा जारी गरेको क्षेत्र वरपर दुवैतर्फको नाराजुलुस हेर्न सर्वसाधारणहरुको ठूलो संख्यामा भिड लागेको छ । 

प्रहरीले गिरीलाई ११ बजे एम्बुलेन्सबाट अदालतमा हाजिर गराएको थियो । गिरीलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा अदालत ल्याइएको हो । उनलाई आइतबार बहस सकिएपछि पुनः विराटनगर स्थित नर्सिङ होम लगिएको थियो ।

आफ्नै अनुयायी एक महिलाले ४ कार्तिक २०७६ मा आफुलाई आश्रममा बोलाएर बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि सिद्धबाबा कृष्णदासलाई १६ मंसिरमा सुनसरी प्रहरीले अस्पतालबाट पक्राउ गरेर अनुसनधान थालेको थियो ।