मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १३ आइतबार १७:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

भलिबल मैदानमा प्यारापिट बन्दै 

Read Time : < 1 मिनेट
२०७६ पौष १३ आइतबार १७:३१:००

जिल्ला खेलकुद विकास समितिको भलिबल मैदानमा प्यारापिट निर्माणको काम सुरु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा खेल मैदानमा प्यारापिट निर्माण हुन लागेको हो ।

प्यारापिट निर्माणका लागि एक करोड रुपैयाँ लाग्ने विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारिएको भए पनि श्रमदानसहित २६ लाख बजेटमा निर्माण कार्य सुरु गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरम महतले बताए । ‘अहिले थोरै बजेटबाट भए पनि काम सुरु गरेका छौँ’, उनले भने, ‘थप बजेटका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग कुराकानी भइरहेको छ ।’

जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा प्यारापिट नभएका कारण प्रतियोगिता हेर्न आउने दर्शकलाई बस्न निकै समस्या हुने गरेको छ । छानासहितको प्यारापिट निर्माण भएपछि दर्शकलाई सहज हुने जिल्ला खेलकुद समिति जुम्लाका कार्यालय प्रमुख महतको भनाइ छ । खेल क्षेत्र विकासका लागि सबैले सहयोग गरे निर्माणाधीन प्यारापिटले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।