१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १३ आइतबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार

क्रान्तिकारी माओवादीका १२ नेता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष १३ आइतबार १५:२०:००

भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्नु पर्ने माग राख्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलललाई ज्ञापनपत्र दिने तयारी गरेका क्रान्तिकारी (माओवादी)का केही नेतालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

निषेधित क्षेत्र तोड्न खोजपछि १२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेता सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, सूर्य श्रेष्ठ, बसन्त बोगटी, विद्यार्थी नेता हरिकृष्ण गजुरेललगायत छन् । 

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएपी होविन्द्र बोगटीले निषेधित क्षेत्र तोड्न खोजेपछि १२ जनालाई पक्राउ गरीएको बताए ।